तालिवान लडाकु समूहद्वारा प्रहरी चौकीमा आक्रमणमा, तीन प्रहरीको मृत्यु

ehulaki
रासस | भदौ ६, २०७६ शुक्रबार | 0

सिन्ह्वा । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको  खोग्यानी जिल्लाको घाज्नी आबाद प्रहरी चौकीमा तालिवान लडाकु समूहले  गरेको एक आक्रमणमा  परी तीन प्रहरी मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् ।

यद्यपि तालिवान लडाकु समूहले गरेको आक्रमणपछि प्रहरीले गरेको जबाफी कारबाहीमा पाँच लडाकु पनि मारिएका छन ।  सो आक्रमणमा परी तीन अफगान स्थानीय प्रहरीको मृत्यु भएको जनाइएको छ । तालिवान लडाकु गरेको आक्रमणपछि भएको झडपमा परी दुई प्रहरी र आठ तालिवान लडाकु घाइते भएका पनि प्रवक्ताले बताएका छन् ।

यस युद्धग्रस्त देश अफगानिस्तानमा रहेको ३४ ओटा प्रान्तमा २० भन्दा बढीमा तालिवान लडाकु समूहले गत अप्रिलको शुरुबाट द्वन्द्व जारी राखेका छन् । गत अप्रिलमा सोही समयबाट तालिवान लडाकु समूहले सुरक्षा अधिकारी र सरकारविरुद्ध भीषण आक्रमण गर्ने घोषणा गरेका थिए । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय