७ वर्षीया बालिका बलात्कारको आरोपमा वडा सचिवविरुद्ध मुद्दा

ehulaki
ई-हुलाकी | भदौ ६, २०७६ शुक्रबार | 0

ओखलढुंगा । सात वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेको छ।

प्रहरीले मोलुङ गाउँपालिका वडा नम्बर ६ श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेको हो। 

भाञ्जी नाता पर्ने ती बालिकालाई घरैमा गएर मंगलबार बलात्कार गरेको भन्दै अभिभावकले उजुरी दिएका थिए। अभिभावकले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले घरैबाट पक्राउ गरेर मुद्दा चलाएको छ।

त्यस्तै सुनकोशी गाउँपालिका–७, का वडा सचिवसमेत रहेका ४५ वर्षीय चेतबहादुर कट्वाल विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ। भदौ १ गते २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय