"गजल" नेपालीको छातिमाथि.....।

ehulaki
ई-हुलाकी | भदौ ७, २०७६ शनिबार | 0

नेपालीको छातिमाथि गोलिमात्र चल्यो भने।
कै'ले हुन्छ स्वतन्त्रता संविधानले छल्यो भने।।

पक्ष-पक्ष मिल्दाखेरी फेरी अरको विपक्षले,
कानुनको दस्तावेजमा आगो लगाइ जल्यो भने।।

कै'ले हुन्छ समावेशी कै'ले अन्त्य छुवाछतको,
सोझासाझा जनताको जीन्दगी नै ढल्यो भने।।

केहीगर्न नसकेमा तिमिजस्ता राजनेताले,
घाति ठाण्छन् सहीदले इतिहास गल्यो भने।।

नेपालीको छातिमाथि गोलिमात्र चल्यो भने।
कै'ले हुन्छ स्वतन्त्रता संविधानले छल्यो भने।।

 -सुरेन्द्र शाही"गुलाब कान्छाे",काठमाण्डाै 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय