"जगल" सिंहदरबारमा घाम ताप्नने छेपारा भेटिन्छन्....।

ehulaki
ई-हुलाकी | भदौ ७, २०७६ शनिबार | 0
पुज्ने गाईमारा देखि भाइमारा भेटिन्छन।
छोरा बाबु आमाका हत्यारा   भेटिन्छन।।
गोठमा झारमा भेटिन्छन चेलिका लासहरु,
शहरमा महिला हकहितका नारा भेटिन्छन।।
कसरी होला र देश बिकाशको प्रगति यहाँ,
सिहदरबारमा घाम ताप्नने छेपारा भेटिन्छन।।
जनतालाई गाह्राे छ एक छाक टार्नलाई यहाँ,
देशको इज्जत बेच्ने सधै आहारा भेटिन्छन ।।
यस्तो त कानुन छ हाम्रो देशको यहाँ हेर,
सधैँभर दोषि दोषिलाई साहारा भेटिन्छन ।।
-रिता शाही (शाह)रितु,बाजुरा
 हाल: काठमाडौं
कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय