अब नेताविरुद्ध बोल्न नपाईने, नेकपाले लगायो प्रतिबन्ध

ehulaki
ई-हुलाकी | भदौ ९, २०७६ सोमबार | 0

 काठमाडौं । सत्तारुढ दल नेकपाले नेताहरु विरुद्ध बोल्न प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली सिंगापुरमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेताहरु प्रति कुनै गुनासो वा व्यक्तिगत तिक्तता भए पार्टीमै छलफल गर्न भनेको छ।

अन्यथा स्पष्टीकरणको माध्यमबाट कारबाही थाल्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पछिल्लो समय माधव नेपालको बरिएता घटुवा गरेपछि माधव नेपालले राखेको फरक मतका विषयमा केन्द्रीय सदस्य तथा प्रेस संगठन इन्चार्ज राजेन्द्र गौतमले फेसबुक स्ट्याटस लेख्दै तल्लोस्तरको आलोचना गरेका थिए ।

त्यसलाई लिएर अध्यक्ष ओली र नेपालबीच अघिल्लो बैठकमा भनाभन समेत भएको थियो । ओलीले गौतमलाई कारवाही गर्नुको सट्टा उनको बचाउ गरेपछि नेता नेपाल क्रुद्ध बनेका थिए।

यस्तै, प्रचण्डको सार्वजनिक अभिव्यक्तीलाई लिएर युवा संगठनका अध्यक्ष दिपशिखा र सुर्य थापाबीच फेसबुकमै विवाद भएको थियो ।

सोमबार बसेको बैठकले केही विभागमा उपप्रमुख, जिल्ला इन्चार्ज र जनवर्गिय संगठनहरुमा सहइन्चार्जहरु हेरफेर गरेको छ ।

बैठकले कानुनमन्त्री भाुनभक्त ढकाललाई सुरक्षा विभाग प्रमुख र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई प्रादेशिक मामिला उपप्रमुखमा नियुक्त गरेको छ । 

पार्टी कार्यालय धुमबराहीमा सोमबार बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रिय सुरक्षा विभाग प्रमुखमा कानुन मनत्री भानुभक्त ढकाललाई र उपप्रमुखमा राम कुमार राईलाई नियुक्त गरेको हो । यसअघि राईलाई खोटाङको सहइन्चार्जको जिम्मेवारी दिइएको थियो । सो जिम्मेवारीबाट हटाएर राईलाई राष्ट्रिय सुरक्षा विभाग उपप्रमुखको जिम्मेवारी दिईएको हो । त्यसैगरी प्रादेशीक मामिला विभागको उपप्रमुखमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई नियुक्त गरेको हो । त्यस्तै पत्रकार तथा लेखक विष्णु रिजाललाई विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिईएको छ । बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पद्मा राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट १० प्रतिशत सम्म केन्द्रीय समितिमा समावेश गर्न सकिने प्रावधान अनुसार सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । सचिवालय बैठकले विभिन्न जिल्ला, जनवर्गिय संगठन र विभागका उपप्रमुख र सहइन्चार्जहरुको नियुक्त र जिम्मेवारी हेरफेर पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले सहकारी तथा गरिवी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई नियुक्त गरेको छ । यसअघि उपप्रमुखको जिम्मेवारी धर्मदत्त देवकोटालाई दिईएको थियो । बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्व राजदुत प्रमेश हमाललाई नियुक्त गरेको छ । नीति अनुसन्धान प्रतिष्ठानको सह संयोजकको जिम्मेवारी रमेश धमाललाई दिईएको छ ।  धमाललाई ललितपुरको सह इन्चार्जबाट हटाईएको छ ।

त्यसैगरी, कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा सत्या पहाडी, सुदुर पश्चिम प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा विरमान चौधरी लाई नियुक्त गरिएको छ । चौधरीलाई यसअघि कैलालीको सहइन्चार्ज को जिम्मेवारी दिईएको थियो । बैठकले जनवर्गिय संगठनको सह इन्चार्जहरुमा पनि नया व्यवस्था गरेको छ ।

अखिल नेपाल महिला संघको सह इन्चार्जमा अमृता थापा र सिता पौडेललाई थप गरिएको छ । आदीवासी जनजाती महासंघ नेपाल र सम्बद्ध संगठनहरुको सह इन्चार्जमा सुरेश आलेमगर र शेर बहादुर तामाङलाई थप गरिएको छ । नेपाल दलित मुक्ति संगठन र सम्बद्ध संगठनहरुको सह इन्चार्जमा  तिलक परियार र बोम बहादुर विश्वकर्मालाई , प्रेस संगठन नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा महेश्वर दाहाल, जनसांस्कृतिक महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा केदार न्यौपाने, सहइन्चार्जमा खगेन्द्र राई, खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इन्चार्जमा जीवन घिमिरे र अजम्बर काङवाङलाई, इन्जिनियरिङ संगठनको सहइन्चार्जमा रामकुमारी झाँक्री र शिक्षक सम्बद्ध संगठनको सहइन्चार्जमा हिक्मत कार्कीलाई नियुक्त गरिएको छ ।

त्यसैगरी ताप्लेजुङ जिल्ला सहइन्चार्जमा तिलकुमार मेन्याङबो, सुनसरी जिल्ला सहइन्चार्जमा भगवती चौधरी, सिरहा जिल्ला सहइन्चार्जमा प्रमोद नारायण यादव र हरिनारायण चौधरी र चुँडामणी जंगलीलाई कास्की र दीपक देवकोटालाई कैलाली जिल्ला सहइन्चार्जको जिम्मेवारी दिईएको छ । 

भानुभक्त ढकाल : राष्ट्रिय सुरक्षा विभाग प्रमुख

डोरमणि पौडेल : प्रादेशिक मामिला विभाग उपप्रमुख

बेदुराम भुसाल : स्कूल विभाग उपप्रमुख

बिष्णु रिजाल : विदेश विभाग उपप्रमुख

रामकुमार राई : सुरक्षा विभाग उपप्रमुख

सहकारी विभाग उपप्रमुख : कमल चौलागाई

प्रमेश हमाल : नीति अध्ययन प्रतिष्ठान सहसंयोजक

रामकुमारी झाँक्री : इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज

अमृता थापामगर : महिला संघ सहइन्चार्ज

सीता पौडेल : महिला संघ सहइन्चार्ज

सत्य पहाडी : कर्णाली सम्पर्क कमिटी इन्चार्ज

वीरमान चौधरी : सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज

सुरेश आलेमगर : आदिवासी जनजाति सहइन्चार्ज

शेरवहादुर तामाङ : आदिवासी जनजाति सहइन्चार्ज

तिलक परियार : दलित मोर्चा सहइन्चार्ज

बोमवहादुर विक : दलित मोर्चा सहइन्चार्ज

महेश्वर दाहाल : प्रेस संगठन सहइन्चार्ज

केदार न्यौपाने : जनसांस्कृतिक महासंघ इन्चार्ज

खगेन्द्र राई : जनसांस्कृति महासंघ सहइन्चार्ज

जीवन घिमिरे : खेलकुद महासंघ सहइन्चार्ज

अजम्बर काङमाङ : खेलकुदु महासंघ सहइन्चार्ज

हिक्मत कार्की : शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज

जिल्ला सहइन्चार्जहरु

तिलकुमार मेन्याङबो : ताप्लेजुङ

भगवती चौधरी : सुनसरी

प्रमोदनारायण यादव : सिरहा

हरिनारायण चौधरी : सिरहा

चुडामणि जंगली : कास्की

दीपक देवकोटा : कैलाली

रामचन्द्र साह : पर्सा इन्चार्ज

बलराम खत्री : मजदूर विशेष जिल्ला कमिटी सचिव

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय