आज ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

ehulaki
ई-हुलाकी | भदौ १०, २०७६ मंगलबार | 0

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ।

आइतबार र सोमबार उकालो लागेको सुनको मूल्य आज भने तोलामा ९ सय रुपैयाँले घटेको हो। 

हिजो प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ७२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। 

त्यस्तै तेजावी सुन आज प्रतितोला ७२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन ७३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय