पूर्वमन्त्रीले शारीरिक शोषण गरेको भन्दै भिडियो राखेपछि युवती बेपत्ता

ehulaki
ई-हुलाकी | भदौ १०, २०७६ मंगलबार | 0

नयाँदिल्ली । आफूमाथि भाजपाका नेता एवं पूर्व गृहराज्यमन्त्री स्वामी चिन्मयानन्दले शारीरिक शोषण गरेको आरोप लगाउँदै भिडियो सार्वजनिक गरेकि एक युवती बेपत्ता भएकी छन् ।

भारत युपीको शाहजपुर जिल्लाकी ती युवतीले केहि दिन अघि सामाजिक सञ्जालमा भिडियो राखेपछि उक्त भिडियो भाइरल बनेको छ। मन्त्रीमाथि आरोप लगाएपछि ३ दिन देखि उनी बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छ्न ।

छोरी वेपत्ता भएपछि परिवारले प्रहरीमा उजुरी दिएको छ । परिवारले स्वामी चिन्मयानन्दमाथि आरोप लगाउँदै खोजी गरिदिन प्रहरीमा उजुरी दिएको हो ।

यस्तो छ युवतीले सामाजिक सञ्जालमा राखेको भिडियो

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय