भियग्रा अर्थात् यौनवर्द्धक औषधि सेवनले निम्त्याएका ५ चर्चित दुर्घटना

ehulaki
एजेन्सी | भदौ १२, २०७६ बिहिबार | 0

काठमाडौं । भियग्रा अर्थात् यौनवर्द्धक औषधि । यसको सेवन दुनियाँमा धेरै मानिसहरूलाई लाभदायक पनि भएको छ होला । तर कतिपयका लागि चाहिँ यो जिन्दगीभर नबिर्सने पीडा बन्यो । भियग्रा सेवनका कारण भएका ४ चर्चित दुर्घटना यस्ता छन्ः

१. सन् २०१५ डेनियल मेडफोर्थ नामका एक पुरुषले रक्सीको नसामा ३५ वटा भियग्राका गोली खाए । बेहोसीमा ३५ चक्की भियग्रा खानु उनका लागि ठूलै समस्या बनेर आयो । पाँच दिनसम्म उनी इन्तु न चिन्तु भए । उनलाई अस्पतालमा भर्ना गरियो । अवस्था लाजमर्दो थियो । तर डाक्टरहरूले उनको अवस्थालाई हेरेर नहाँस्न अस्पतालका सबै स्टाफहरूलाई उर्दी नै जारी गर्नुपर्यो । उक्त घटनापछि अहिलेसम्मै पनि जिउँदै रहन सकेकोमा आफूलाई भाग्यमानी ठान्छन् डेनियल ।


२. इटालीकी एक ५० वर्षीया महिलाले आफ्नो लोग्नेलाई हँसिमजाकमा वाइनमा दुईवटा भियग्रा हालिदिइन् । उनका पतिको उमेर निकै बढी भएको थियो । उनलाई भियग्राले खराब असर पु¥यायो, जसका कारण उनलाई हृदयाघात नै हुनपुग्यो । धन्न तत्कालै अस्पताल पु¥याइएकाले ज्यान जानबाट भने रोकियो ।


३. घटना सन् २०१७ को हो । जर्जिना नामकी महिलालाई आफ्नो लोग्नेमाथि शंका लागिरहेको थियो । लोग्नेको साथबाट उनले भियग्राका चार गोली भेट्टाएकी थिइन् । लोग्नेले अरु कुने महिलासँग यौन सम्पर्क राख्नका लागि भियग्रा सेवन गर्ने गरेको उनको आशंका थियो । रिसको झोकमा उनले एकदिन पतिको हत्या गरिन् । टाउकोमा हथौडाले हिर्काएर उनले लोग्नेको हत्या गरेकी थिइन् ।

४. सन् २०१२ मा चर्चित लेखक जेम्स एन्ड्रियूजले भ्यालेन्टाइन्स् डेकै दिनमा आत्महत्या गरे । रेलको लिकमा कुँदेर उनले आत्महत्या गरेका थिए । भियग्राको सेवन गर्ने गरेको पत्नीले थाहा पाएसँगै उनीसँग डिभोर्स गरेकी थिइन् । सोही पिरले उनले आत्महत्या गरेका थिए ।

केहि समय पहिलेकाे नेदरल्याण्डस्को  एक घटना

यौनवर्धक औषधि भियग्रा आमालाई खुवाउँदा ११ जना बच्चाको मृत्यु भएको थियाे । यो घटना केहि समय पहिलेकाे नेदरल्याण्डस्को हो । हालै त्यहाँ गर्भवती महिलाहरुमा भियग्राको चिकित्सकीय परीक्षणका क्रममा गर्भमा रहेका ११ जना शिशुको मृत्यु भएपछि सरकारले उक्त परीक्षण तत्कालै रोकेको थियाे ।

परीक्षणका क्रममा गर्भवती महिलाहरुलाई भियग्रा दिने गरिएको थियो । गर्भनालको समस्या भएका गर्भवती महिलाहरुमा उक्त परीक्षण गरिएको थियो । गर्भवती महिलाले भियग्राको सेवन गर्दा शरीरमा रक्तप्रवाह उच्च हुने र यसले गर्भमा रहेको शिशुको फोक्सोमा गम्भीर असर पर्ने विज्ञहरुले ठहर गरेका छन् । यद्यपि गर्भवतीमा भियग्राको वास्तविक असर पहिचानका लागि थप अनुसन्धान आवश्यक रहेको बताइएको छ ।

यसअघि बेलायत, अष्ट्रेलिया तथा न्युजिल्याण्डमा पनि यस्तैखाले अनुसन्धान गरिएको थियो । तथापि त्यसक्रममा भियग्राले गर्भवती महिलामा कुनै नकारात्मक असर पार्ने तथ्य फेला परेको थिएन । कमजोर गर्भनालको समस्याका कारण गर्भमा रहेका शिशुको विकास रोकिनु एक गम्भीर रोग हो, जसको हालसम्म कुनै उपचार पत्ता लागेको छैन । यस्तो समस्या उत्पन्न हुँदा गर्भको बच्चा तोकिएको समयभन्दा अगाडि जन्मिने, कमजोर बच्चा जन्मिँदा मृत्यु हुने जोखिम धेरै हुन्छ । यस्तोमा भ्रुणको तौल बढाउने र बच्चा जन्मिने समयलाई पछि सार्ने उपाय लाभदायक हुन्छन् ।

पछिल्लो शोधका क्रममा कूल ९३ जना महिलालाई भियग्रा दिइएको थियो भने अरु ९० जनालाई एक नमूना औषधि दिइएको थियो । ती महिलाहरुबाट जन्मिएका मध्ये २० जना बच्चामा फोक्सो सम्बन्धी समस्या देखियो । ती मध्ये ३ जना बच्चा नमूना औषधि दिइएका महिलाबाट जन्मिएका थिए र अरु १७ जना भियग्रा सेवन गरेका महिलाबाट जन्मिएका थिए । ती मध्ये ११ जना बच्चाको मृत्यु भयो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय