'फादर्स डे'मा कवि नवराज पराजुलीको कविता 'बुबा'

ehulaki
ई-हुलाकी | भदौ १३, २०७६ शुक्रबार | 0

काठमाडौं । आज भाद्र कृष्ण औंसी, कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिन, छोराछोरीले बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई सम्मान गरि मनाइदै छ ।

हरेक वर्षको भाद्र कृष्ण औंसीका दिन कुशे औंसीमा ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ । यस दिन ब्राह्मणद्वारा काटिएको कुश घरमै राख्ने र जजमानकहाँ लगिदिने चलन छ ।

बुबाको मुख हेर्ने दिन पितृ तथा गोकर्ण औंशीबाट प्रसिद्ध यस दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा लिने गरिन्छ ।
छोराछोरीले बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई सम्मान प्रकट गर्ने परम्परा छ । आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकामा बाबुप्रति कृतज्ञता ज्ञापन गर्न पितृ दिवसका रूपमा मनाइने यस पर्वमा छोराछोरीले बाबुलाई सम्मान गर्ने चलन छ ।

घरपरिवारबाट टाढा रहेका हरुले आज जन्मदिने बाबुलाई फोन गरेर सम्झदै छन् । धेरैले फेबसुकमा ह्याप्पी फादर्स डे भन्दै बाबुको फोटो राखेका छन् । 

कवि नवराज पराजुलीले फेसबुकमा बाबु शिर्षकको कविता सेयर गरेका छन ।

" बुबा !

तपाईंले दिदी र मलाई 

सिङ्गासिङ्गै पेन्सिल किनिदिन नसक्दा
तपाईंले एउटै पेन्सिललाई काटेर 

दिदिलाइ सधैँ मेट्ने नभएको तल्लो भाग दिनुहुन्थ्यो
मलाई सधैँ मेट्ने भएको माथिल्लो भाग दिनुहुन्थ्यो

तपाईंलाई त्यतिखेरै थाहारैछ है बुबा
मैले भविष्यमा धेरै गल्तीहरु गर्नेछु भन्ने !

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय