रुघा लागेर अस्पताल लगिएका बालकको जाँच गर्दा चिकित्सक चकित

ehulaki
ई-हुलाकी | भदौ १३, २०७६ शुक्रबार | 0

काठमाडौँ । रुघा खोकीका कारण दुई वर्षीय बालकको स्वास्थ्य बिग्रिदै गएपछि एक दम्पत्तिले उनलाई अस्पताल पुर्याए। उनलाई दुई महिनादेखि लगातार रुघा लागेको थियो। सामान्य औषधिले काम गरिरहेको थिए। सास फेर्न पनि मुश्किल परिरहेको थियो। 

 यो घटना भारतको चेन्नई भन्ने स्थानको हो। केही नलागेपछि उनीहरु छोरालाई लिएर ईएनटी सर्जनकोमा पुगे। त्यहाँका  बच्चाको जाँच गर्दा चिकित्सक समेत चकित बने। बच्चालाई केही भएको थिएन्, उनको नाकमा फुटेको खेलौनाको टुक्रा अड्किएको पाइन्। खेलौनाको टुक्रा भेटिएपछि चिकित्सकले सर्जरी मार्फत त्यसलाई निकाले । अहिलेसम्म यस्तो प्रकृतिको समस्या नआएका कारण यसले सबैलाई निकै चकित बनाएको चिकित्सकले बताएका छन्।

चिकित्सकहरूका अनुसार, बच्चाको नाकमा शैक्षिक खेलौनाको एक सेन्टीमिटर लामो स्पोन्जको टुक्रा अड्किएको थियो। त्यो आठ अंक सिकाउने खेलौना थियो। टुक्रा बच्चाको नाकभित्र अनि गलाको माथिल्लो भागमा अड्केको थियो। त्यसले बच्चाको भित्री अंगलाई नष्ट गरिरहेको थियो।

उक्त खेलौनाको टुक्रा निकालेपछि बच्चा यतिबेला पूर्ण रुपमा स्वस्थ छन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय