राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं आन्दोलनप्रति प्रेस संगठनको ऐक्यवद्धता

ehulaki
ई-हुलाकी | भदौ १३, २०७६ शुक्रबार | 0

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले थालेको आन्दोलनप्रति प्रेस संगठन नेपाल दाङले पनि ऐक्यवद्धता जनाएको छ । प्रेस संगठनका जिल्ला कार्यदल सदस्यहरु जेएन सागर, प्रकाश चौधरी, पाण्डव शर्मा र प्रेमबहादुर राम्जाले विज्ञप्ति जारी गरी त्यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिको पूर्णपाठ:

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा देखिएको समस्याप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस क्षेत्रका जनताको स्वास्थ्य तथा शिक्षाको सवालमा आशाको केन्द्र रहेको प्रतिष्ठानको गतिविधिप्रति हामी दुखित भएका छौं । प्रतिष्ठान हामी सबैको साझा सम्पत्ति हो । प्रतिष्ठान स्थापना भएपछि स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा उल्लेख्य सुधार आउने हाम्रो अपेक्षा थियो । तर, नेतृत्वको गलत रवैयाका कारण प्रतिष्ठान दिनप्रतिदिन धराशायी बन्दै गएको छ । नेपाली पत्रकारहरु विगतदेखि नै न्यायपूर्ण आन्दोलन तथा गणतन्त्र प्राप्तिको आन्दोलनमा सक्रिय सहभागी भएको सर्वविदितै छ । स्वास्थ्य जस्तो संवेदनशील विषयमा भइरहेको चरम लापरबाहीलाई सचेत नागरिक भएको कारणले पत्रकार जगतले टुलुटुलु हेरेर बस्नु नैतिकताले दिँदैन । हामी पत्रकार कोरा समाचार लेख्न व्यक्ति मात्र नभएर मुलुक परिवर्तनको सम्वाहक पनि हो । त्यसैले हामी सधै परिवर्तन र अग्रगामी यात्रामा सामेल हुनैपर्छ ।

यसै सन्दर्भमा प्रेस संगठन दाङको कार्यदलय बैठक बसी निम्न निर्णयहरु गरिएको छ । 
१. राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानको आन्दोलनलाई पूर्ण ऐक्यवद्धता व्यक्त गर्दछौं ।
२. बचाऔं अभियानमा नेपाल पत्रकार महासंघ दाङले जनाएको सहभागितालाई पूर्ण समर्थन गर्दै प्रेस संगठन पनि बचाऔं अभियानमा सहभागी हुने निर्णय गरियो । साथै बचाऔं अभियानको सन्दर्भमा पत्रकार महासंघको कार्य समितिमा भएको सर्वसम्मत निर्णय कार्यान्वयनका लागि सम्पूर्ण पत्रकार साथीहरुलाई हार्दिक अपिल गर्दछौं ।
३. प्रतिष्ठानको समाचार संकलन गर्न पुगेका हाम्रो संगठनका सदस्य नविन अभिलाषीमाथि प्रतिष्ठान प्रशासनबाट भएको दुव्यर्वहारप्रति घोर भ्रत्र्सना गर्र्दै दोषी उपर कडा कारबाही गर्न प्रहरी प्रशासन समक्ष जोडदार माग गर्दछौं ।

कार्यदल सदस्यहरु
जेएन सागर
प्रकाश चौधरी
पाण्डव शर्मा
प्रेमबहादुर राम्जा
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय