'गजल' बञ्चरोले रेट्दैन घाँटी खुकुरी पठाउ है ?

ehulaki
ई-हुलाकी | भदौ १४, २०७६ शनिबार | 0

 

क्षितिजपारी उडाइ लिने हुरी पठाउ है ?

बञ्चरोले रेट्दैन घाँटी खुकुरी पठाउ है ??

तिम्रैयाद र अजम्बरी सम्झनाले भरीएको,

मुटुपनि घोच्नुपर्ला तिखो छुरी पठाउ है ??

धुनुपर्यो अतितको यादहरू एक्लै बरू,

सक्छौ भने आँशुहरु मुरी-मुरी पठाउ है ??

पार्सलगर पोकोपारी रातोरिवन पोतेसँगै,

तिम्रैहातका छमछम बज्ने चुरी पठाउ है ??

 -सुरेन्द्र "गुलाब कान्छाे",बाजुरा

       काठमाडाैँ

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय