फिफा विश्वकप छनोटः नेपाल कुवेतसँग ७-० ले पराजित

ehulaki
ई-हुलाकी | भदौ २०, २०७६ शुक्रबार | 0

काठमाडौँ । सन् २०२२ मा कतारमा हुने विश्वकपको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ। गएराति कुवेतस्थित अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल कुवेतसँग ७० गोल अन्तरले पराजित भएको हो। 

पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल खायो भने एक गोल पनि फर्काउन सकेन्। फिफा वरियतामा नेपालभन्दा कुवेत चार स्थान माथि छ। तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन।

खेलको छैटौं मिनेटमै युसुफ अल सलमानको गोलमार्फत अग्रता बनाएको कुवेतका लागि फाहाद अल हाजेरीले १३ औं मिनेटमा गोल गरी पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५० औं मिनेटमा सलमानले नै व्यक्तिगत दोस्रो गोल गर्दा त्यसको ९ मिनेटपछि अब्दुल्लाह मावीले गोल गरी ४–० को अग्रता दिलाए। ६७ औं मिनेटमा बदर अल मतवाले पाँचौं गोल गरेका थिए। ७५ औं मिनेटको समयमा खराव प्रकाशका कारण खेल केहिबेर अवरुद्ध भएको थियो। नेपालले अन्तिम २ गोल इन्ज्यूरी समयमा खाएको हो।

७ मिनेट थपिएको इन्ज्यूरी समयको चौथो मिनेटमा रेदा हानी र सातौं मिनेटमा हुसेन अल मोसावीले गोल गरेपछि कुवेतले फराकिलो जित निकाल्यो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय