श्रीलङ्काली बलर मालिंगाको रोचक किर्तिमान, चार बलमा चार विकेट

ehulaki
ई-हुलाकी | भदौ २१, २०७६ शनिबार | 0

काठमाडौँ । तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा श्रीलङ्काले न्युजिल्याण्डलाई ३७ रनले पराजित गरेको छ। शुक्रबार राति पाल्लेकेलेको घरेलु मैदानमा भएको खेलमा श्रीलङ्काले न्यूजिल्याण्डलाई पराजित गर्दा बलर लासिथ मालिंगाले कीर्तिमानी प्रदर्शन गरे। 

श्रीलङ्काले २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनायो। श्रीलङ्काका लागि दनुशा गुनाथिलाकाले ३० तथा निरोशन डीक्वेलाले २४ रन बनाएका थिए। 

 श्रीलङ्काले दिएको १२६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १६ ओभरमा ८८ रन जोड्दा अलआउट भएको थियो। 

कप्तान टिम साउथीले नटआउट २८ रन जोडे। ४ खेलाडीले खाता खोल्न सकेनन्। 

श्रीलङ्काका बलर मालिंगाले ह्याट्रिकसहित ५ विकेट लिए। उनले तेस्रो ओभरको चार बलमा लगातार ४ विकेट लिँदै ह्याट्रिक पुरा गरे।

उनले दोस्रो पटक ४ बलमा ४ विकेट लिएका हुन्। योसँगै मालिंगा टी–२० मा दुई पटक ४ बलमा ४ विकेट लिने खोलाडी बनेका हुन्। दोस्रो पटक ह्याट्रिक लिने खेलाडीको कीर्तिमान पनि मालिंगाको नाममा रहेको थियो।

उनले टी–२० मा १०० विकेट लिने पहिलो खेलाडीको नामसमेत आफ्नो नाममा लेखाएका छन्। 

मालिंगाले अन्तराष्ट्रिय क्रिकेटमा पाँच ह्याट्रिक विकेट लिने पहिलो खेलाडीको कीर्तिमान पनि बनाएका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय