'गजल' चुलोचौको संग होइन देशकै निम्ति लड्नुपर्छ........।

ehulaki
ई-हुलाकी | भदौ २१, २०७६ शनिबार | 0

नारीहरु जतीसबै अब अघि बढ्नुपर्छ ।
चुलोचौको संग होइन देशकै निम्ति लड्नुपर्छ।।

शिक्षा अनि स्वास्थ्यसंगै कर्तव्य र अधिकार,
महिला र पुरुषलाई बराबरी हुनुपर्छ।।

दस्तावेज महिलाको कानुनको किताब भित्र,
दिदीबै'नी आमाहरु जाग अझ भर्नुपर्छ।।

किनडर्ने ? हामीहरु अघिबढौँ हातेमालो गरी,
अधिकारको शन्देश यो विश्वभरी छर्नुपर्छ।।

नारीहरु जतीसबै अब अघि बढ्नुपर्छ ।
चुलोचौको संगहोइन देशकै निम्ति लड्नुपर्छ।।

  -सुरेन्द्र शाही "गुलाब कान्छाे",बाजुरा

          काठमाडाैँ

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय