'पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम' नामक पुस्तक सार्वजनिक

ehulaki
----------------- | भदौ २१, २०७६ शनिबार | 0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला सचिव डिपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ बजारमा आएको छ ।

अर्थ राजनीतिमा गहिरो अध्ययन गरेका नेता ढकालद्वारा लिखित उक्त पुस्तक बजारमा आएको बताइएको छ । उक्त पुस्तक अर्थ राजनीतिसँग चासो एवं सरोकार राख्ने बौद्धिक वर्गका व्यक्तिदेखि अध्येताहरुका लागि निकै उपयोगी मानिएको बताउँदै उनले अर्थराजनीतिका विद्यार्थीलाई  निकै उपयोगीसिद्ध हुने विश्वास व्यक्त गरेका छन् ।

कूल ४०७ पृष्ठ रहेको पुस्तकमा समाजवादी राष्ट्र सोभियत सङ्घ, चीन र क्युवादेखि पूँजीवादी देश अमेरिका, स्वीट्जरल्याण्ड र भारतसम्मको अर्थ राजनीतिक विकासक्रमबारे स–विस्तार चर्चा गरिएको ढकालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय