विल्सन विक्रम राइले बिहे गरे (विहेका तस्वीरसहित)

ehulaki
ई-हुलाकी | भदौ २३, २०७६ सोमबार | 0

काठमाडौं । ‘मेरी बास्सै’मा ‘तक्मे बुढा’को भूमिकामा काम गरेपछि चर्चामा आएका विल्सन विक्रम राइले विहे गरेका छन । गतबर्षको फागूणको अन्त्यमा बिहे गरेका उनको बिहेको तस्वीर सो समयमा पनि फाट्टफुट्ट सार्वजनिक भएपछि फ्यानले सुटिङको फोटो जस्तो मानेका थिए । अहिले आएर विल्सन आफैले बिहे गरेको कुरा खुलाएका छन् । विल्सनले भनेका छन । ‘मैले बिहेको खबर लुकाउनुपर्ने कुनै कारण नै थिएन । तर, दुलही पक्षले विभिन्न कारणले सार्वजनिक गर्न नचाहेकाले लुकाएको जस्तो भयो ।’

विल्सनले झापाकी सरिना लामासँग मागी बिबाह गरेको कुरा बताएका छन । उनले भनेका छन ‘हामी एउटै स्कुलमा पढेका हौं । मैले उनलाई स्कुल पढ्दादेखि नै मन पराएको थिएँ । तर, हामी दुबैले एक अर्कालाई भन्न सकेका थिएनौ । अहिले परिवारले नै उनको हात माग्न पुगेपछि बिहे भयो ।’ फागूणमा इन्गेजमेन्ट गरेर बिहे भने भव्य गर्ने योजनामा रहेका उनले सरिनाको ‘लामा परम्परा’ अनुसार तत्काल बिहे गर्नुपर्ने भएकाले सानो बिहे गरेको बताउँछन् ।

लामाहरुको ‘सुंगुर बर्ष’ परेकाले पनि बिहे चाडै गरेको विल्सनले बताए । सरिना युएनमा काम गर्थिन् । तर, ‘भुटानी शरणार्थी’ सम्बन्धी प्रोजेक्ट बन्द भएपछि सरिनाले अहिले विल्सनको घर सम्हालिरहेकी छिन् ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय