कमैलाई थाहा हाेला शाहरुख खान र अजय देवगनकाे दुश्मनीको रहस्य

ehulaki
एजेन्सी | भदौ २३, २०७६ सोमबार | 0

काठमाडाैं । कुनै समय शाहरुख र काजलको रोमान्सका किस्साले बलिउड तात्ने गथ्र्यो । तर, फिल्म र रियल लाइफमा धेरै नै अन्तर थियो । केही यस्तो घटना घट्न पुग्यो जसका कारण अजय र शाहरुख कट्टर दुश्मन बन्न पुगे ।  बलिउडका दुई स्टार अजय देवगन र शाहरुख खानबीच दुश्मनी रहेको छ ।

यो पुरानो दुश्मनीबारे भने कमैलाई थाहा रहेको छ । शाहरुख खान र काजल कुच कुच होता है फिल्मको सुटिङमा व्यस्त रहेका थिए । त्यसै बखत अजय देवगन काजललाई भेट्न सुटिङ सेटमा पुगेका थिए । तर, काजललाई भेट्न फिल्म युनिटले दिएन । शाहरुख खानले कसैलाई पनि सेटमा जान नदिन भनेको भन्दै अजयलाई फर्काउने प्रयास गरियो । तर, अजयले फिल्म सेटमा नै गइ शाहरुख खानलाई थर्काए । शाहरुख खान उक्त झमेलाबाट बच्न भ्यानिटी भ्यानमा गएर बसे । उता भए भरको रिस काजलमाथि पोख्दै अजय त्यहाँबाट निस्किए ।

यो घटनापछि शाहरुख र काजलबीच बोलीचाली नै बन्द भएको खबर पनि बाहिर आएको थियो । तर, लामो समय पछि उनीहरुले माइ नेम इज खान फिल्ममा सँगै काम गरेका थिए ।  त्यसपछि उनीहरू दिलवालेमा पनि देखिएका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय