आकस्मिक अवतरण गरेको हेलिकप्टर डेढ घण्टापछि पुनः उडान

ehulaki
रासस | भदौ २३, २०७६ सोमबार | 0

काठमाडौँ । सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ ।

आज बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका कारण दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।

बिहान ७ः३० बजे  बारुदथानको खुला चौरमा हेलिकप्टर अवतरण गरिएको र करिब डेढ घण्टापछि पुनः उडान गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।   हेलिकप्टरमा चालक दलका तीन  सदस्य मात्र  थिए । हेलिकप्टर दैलेखदेखि नेपालगञ्जतर्फ उडान भएको र मौसम सुधार भएपछि नेपालगञ्जबाट पुन उडान गर्ने चालक दलले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

दैलेखमा आज  बिहानैदेखि लगातार वर्षा भइरहेको छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय