चेक बोक्नु भएको छैन ? अब केही फरक पर्दैन

ehulaki
ई-हुलाकी | भदौ २४, २०७६ मंगलबार | 0

काठमाडौँ ।आउँदो बिहीबारदेखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनमा आउने भएको छ। यसका लागि पहिलो चरणमा २८ वटै वाणिज्य बैंक र राष्ट्र बैंकबीच छुट्टाछुट्टै सम्झौता भएको छ। राष्ट्र बैंकले आइतबार २७ र सोमबार एउटा गरी २८ वटै बैंकसँग सम्झौता गरिएको जनाएको छ। 

यो व्यवस्था लागू भएपछि ग्राहकले तत्काल रकम भुक्तानी सुविधा पाउनेछन्। हाल चेकमार्फत रकम भुक्तानी गर्दा क्लियरिङ प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एकदेखि दुई दिनमा मात्र राफसाफ हुँदै आएको छ।

आरटीजीएस कार्यान्वयनमा आएपछि त्यो अवस्थाबाट छुट्कारा पाइनेछ। चेक नकाटेरै पनि रकम भुक्तानी गर्न सकिनेछ। हुन त हाल नेपाल क्लियरिङ हाउसमार्फत सञ्चालनमा आएको आईपीएस कनेक्ट प्रणालीमार्फत पनि चेकबिना नै रकम स्थानान्तर गर्न सकिन्छ। यो प्रणालीबाट धेरै ठूलो रकम स्थानान्तरण गर्न अप्ठ्यारो हुन्छ। आरटीजीएसमार्फत ठूलो रकम पनि तत्काल भुक्तानी गर्न सकिन्छ।

आरटीजीएसमार्फत कारोबार गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फाराम भर्नुपर्नेछ। सोही फारामको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उतिबेलै रकम स्थानान्तरण हुनेछ

आरटीजीएस प्रणालीमार्फत रकम स्थानान्तर गर्दा चेक काटनुपर्दैन। यो प्रणालीका लागि बैंकले निश्चित फाराम तयार पारेका हुन्छन्। ग्राहकले सोही फाराममार्फत आफूले चाहेको व्यक्तिको बैंक खातामा रकम पठाउन सक्छन्। सुरुमा राष्ट्र बैंकले २ लाखभन्दा बढी र २० लाख रुपैयाँभन्दा कम रकम भुक्तानी गर्दा आरटीजीएस वा चेक काटेर दुवै माध्यमबाट गर्न पाइने व्यवस्था गरेको थियो। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय