ताजकिस्तानलाई पराजित गर्दै नेपालले जित्यो नादेज्दा कप फुटबलको उपाधि

ehulaki
ई-हुलाकी | भदौ २४, २०७६ मंगलबार | 0

काठमाडौँ । किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले ताजकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको उपाधि नजिक पुगेको छ। 

किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। 

नेपालको जितमा सावित्रा भण्डारीले गोल गरिन्। उनले खेलको ८६ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो। गीता रानाले प्रहार गरेको फ्रिकिक बललाई सदुपयोग गर्दै सावित्राले हेड गोल गरिन्।  

अब नेपालले उपाधिका लागि यही भदौ २६ गते हुने फाइनल खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन्। जसमा आयोजक किर्गिस्तान र ताजकिस्तान प्रतियोगिताबाट बाहिरिएका छन्। 

नेपालले यसअघि खेलेको पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय