पढ्दा पढ्दै विद्यालय भत्कियो, विद्यार्थीहरुको भागाभाग !

ehulaki
सांकेतिक तस्विर
ई-हुलाकी | भदौ २४, २०७६ मंगलबार | 0
सांकेतिक तस्विर

म्याग्दी ।  पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको एक विद्यालय भवन भत्किएपछि कक्षामा पढ्दै गरेका विद्यार्थीको भागाभाग भएको छ । 

आज दिउँसो कक्षा चलिरहेको समयमा ओखरबोट माध्यमिक विद्यालयको पुरानो भवन भत्किएको हो ।

दिउँसो अचानक कक्षा ६ को कोठाको गाह्रो (पर्खाल)भत्किएपछि पढ्दै गरेका विद्यार्थीको भागाभाग भए पनि कसैलाई केही नभएको विद्यालयका प्रधानाध्यापक नवीन कार्कीले बताए।

विद्यालय भवनको तल्लोपट्टि पहिरो गएका कारण भवन भास्सिएको र जुनसुकै बेला पूरै भवन भत्कन सक्ने अवस्थामा रहेको बताइएको छ । कक्षा कोठाको पर्खाल भत्किएपछि कक्षा ६ का विद्यार्थीलाई कक्षा १ को कोठामा र कक्षा १ का विद्यार्थीलाई बाल कक्षामा राखेर पढाइएको प्रअ कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय