एलजीले ल्यायो फनफनी घुम्ने डबल डिस्प्लेसहितको स्मार्टफोन

ehulaki
एजेन्सी | भदौ २४, २०७६ मंगलबार | 0

काठमाडाैं । विद्युतीय उकरण निर्माता कम्पनी एलजीले दुईवटा स्क्रिन भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । ‘एलजी जी ८ एक्स थिन क्यू’ स्मार्टफोन जर्मिनीको बर्लिनमा चलिरहेको आईएफए २०१९ ट्रेड शोमा पहिलो पटक सार्वजनिक गरेको हो । दुई वटा स्क्रिन भएको यो मोबाइलको विशेषता भनेको आवश्यकताअनुसार यी दुई स्क्रिनलाई अलग गर्न पनि सकिन्छ ।

दुई स्क्रिनलाई एक विशेष किसिमको कभरको मद्दतमा टाइप– सी यूएसबी पोर्टमार्फत एकापसमा जोडिएको छ । यो नयाँ मोबाइलको बिक्री आगामी वर्ष अर्थात सन् २०२० बाट हुने बताइएको छ । यसको बिक्री मूल्यबारे अहिले कम्पनीले कुनै जानकारी दिएको छैन । एलजीको डुएल डिस्प्ले भएको यो पहिलो मोबाइल भने होइन ।

यसअघि दक्षिण कोरियाबाट एलजीले दुई वटा स्क्रिन भएको एलजी भी ५० मोडलको मोबाइल विश्वव्यापी रुपमा सार्वजनिक गरेको थियो । यो मोबाइललाई ३६० डिग्रीसम्म घुमाउन सकिने छ । सामसुङ ग्यालेक्सी फोल्ड स्क्रिनका कारण विवादमा रहेको अवस्थामा एलजीको फोल्डेबल स्क्रिन फोन यसका इच्छुकहरुका लागि विकल्पको रुपमा रहने विश्वास गरिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय