नेपालप्रति नम्र बन्दै मोदीः भने, ओलीजीसँग अभूतपूर्व निकटता

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको बताएका छन्। 

भिडियो कन्फेरेन्समार्फत मंगलबार द्विदेशीय पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दै उनले दुई देशीबीच उच्च राजनीतिक तहमा संवाद र भेटघाट बढेको भन्दै यसलाई उपलब्धीका रुपमा अर्थ्याए। 


‘केही वर्षयता हामीबीच उच्च राजनीतिक तहमा अभूतपूर्व निकटता कायम भएको छ र नियमित सम्पर्क स्थापित छ,’ मोदीले भने,‘पछिल्लो डेढ वर्षभित्र मात्र मेरा मित्र प्रधानमन्त्री ओलीजी र मबीच चारपटक भेट भइसकेको छ।’

उनले जनस्तरको सम्बन्ध नै द्विपक्षीय सम्बन्धको आधार भएकोमा जोड दिए। प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले काठमाडौँ र दिल्लीबाट एकैचोटि पाइपलाइनको स्वीच थिचेका छन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय