बिहे गरेको ७ वर्षपछि मात्रै नागरिकता

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडौँ । नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ।

विधेयका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो। 

विवादित विषयमा सहमति जुटाउन बनाएको उपसमितिले समेत समस्या सुल्झाउन सकेको छैन। चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बुझाएको प्रतिवेदनमा उक्त विषयलाई सहमति हुन नसकेको सूचिमा राखिको छ। 

समितिको बुधबार बस्ने बैठकमा विवादित विषयमा छलफल हुने भएको छ। नागरिकता विधेयक संसद्मा पेस भएर समितिमा आएको १ वर्ष कटिसक्दा पनि सहमति जुट्न सकेको छैन्। आजको कान्तिपुर दैनिकले  खबर छापेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय