नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो, बिहानैदेखि लामो जाम

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

धादिङ । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ। 

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा लेदो माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो। 

गल्छी गाउँपालिका-७ मा खसेको पहिरोका कारण आज बिहान ४ बजेदेखि नै एकतर्फी मात्रै गाडी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

प्रहरीका अनुसार एकतर्फी मात्रै गाडी चलेपछि बिहानैदेखि सडकमा लामो जाम छ। बाटोमा खसेको माटो हटाउने क्रम जारी छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय