मुकेश अम्बानी खल्तिमा पैसा बोकेर हिँड्न किन डराउँछन् ?

ehulaki
एजेन्सी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडाैं । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् । त्यसोत ‘अम्बानी’ खानदाको मतलव पैसा नै पैसा हो । सामाजिक सञ्जालमा उनी निकै भाइरल भइरहन्छन् । मुकेश अम्बानी ‘राजखानदान’ को जस्तै जीवनयापन गर्न रुचाउँछन् ।

उनको घर पनि राजमहल जस्तै र धेरै महंगो घरहरु मध्ये गनिन्छ । तर तपाईलाई थाहा छ मुकेश घरबाट निस्कदा खल्तीमा कति पैसा लिएर निस्कन्छन् रु यो कुरा सुनेर तपाई अचम्ममा पर्नुहुनेछ । यो कुराको रहस्य उनी आफैले खोलेका हुन् । हालै मुकेश अम्बानीले आफ्नो खल्तीको रहस्य पर्दाफास गरेका छन् । उनले बताएअनुसार उनी आफ्नो खल्तीमा न पैसा नै राख्छन् , न त क्रेडिट कार्ड नै । उनको सबै खर्चको बील उनीसँगैको व्यक्तिले तिर्छन् । उनले भन्छन्, ‘पैसा मेरोे लागि महत्वपूर्ण छैन, पैसा मात्रै एउटा वस्तु किन बेच गर्ने साधन हो ।

जसले जोखिम उठाउने काम गर्छ । जसले सबै काम सहज बनाउँछ । म आफ्नो साथमा न पैसा बोक्छु न क्रेडिट कार्ड नै , धेरै कम मान्छेलाई मात्र थाहा छ कि म सानै उमेरदेखि नै साथमा पैसा राख्दैन थिए ।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय