अन्तर्राष्ट्रिय विद्यार्थीलाई बेलायतले दुई वर्ष वर्क परमिट दिने

ehulaki
एजेन्सी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडाैं । बेलायत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दुई वर्षसम्म ’वर्क भिसा’ दिने भएको छ । विद्यार्थीले बेलायती विश्वविद्यालयबाट ’ग्रयाजुएट’ भएपछि दुई वर्षसम्म ’वर्क भिसा’ पाउने भएका हुन् । तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा सन् २०१२ मा हटाइएको पोस्ट स्टडी वर्क भिसा व्यवस्था पुनः ल्याउन लागिएको हो।

अहिले ब्याचलर्स, मास्टर्स वा पिएचडी गरेपछि चार महिनामात्र काम गर्न छुट छ। प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ रणनीतिको मुल उदेश्य ओभरसीज विद्यार्थीलाई बेलायती विश्वविद्यालयतर्फ आकर्षित गर्नु रहेको छ।

यूरोपियन कानुन अनुसार बेलायती र ईयू विद्यार्थीलाई वर्षको ९ हजार २५० पाउन्ड ट्युसन फी तोकिएको छ तर अन्तर्राष्ट्रिय विद्यार्थीलाई ’लिमिट’ छैन।

यसको मतलब अन्तर्राष्ट्रिय विद्यार्थीलाई बेलायती विश्वविद्यालयले आफ्नै ढंगले चार्ज गर्न सक्छन्। बेलायतले करिब दशकअघि नियम खुकुलो बनाउँदा यसको व्यापक दुरुपयोग भएपछि अध्यागमन नियममा कडाइ गरिएको थियो। नेपालबाट वर्षेनी हजारौँ विद्यार्थी अध्ययनका लागि बेलायत जाने गरेका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय