बिरामीको पेट चिरेर रगत चुस्ने झाँक्री !

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडाैं । धादिङकाे नीलकण्ठ नगरपालिका–९ झगरेका राजु मगरको शरीरबाट विकार फालिदिने भन्दै झाँक्रीले पेटमा प्वाल पारिदिएका छन् । २ महिनादेखि जण्डिस लागेका मगरको उपचार गरिदिने भन्दै एक लामा झाँक्रीले उनको पेटमा प्वाल पारिदिएका हुन् ।

झाँक्रीले जण्डिस रोग निको पारिदिने विश्वासमा पर्दा मगर जीवनमरणको दोसाधमा पुगेका छन् । उनको पेटमा प्वाल परेपछि उपचारको लागि जिल्ला अस्पताल धादिङ लगिएको छ । मगरकी श्रीमती विमलाका अनुसार झाँक्रीले शरीरको विकार फालिदिने भन्दै बन्द कोठामा थुनेर ब्लेडले पेट चिरिदिएका थिए ।

सुरुमा सुई लगाएको जस्तो गरी केहि सामानले घोचेको र पछि ब्लेडले चिरेर त्यही घाउमा मुखले टोकिदिएका थिए ।

झाँक्रीको भिजिटिङ कार्ड

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय