फाक्सीबुङको पाखो बगेर सभाखोला थुनियो, स्थानीय त्रसित

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडौं । फाक्सीबुङको पाखो नै बगेर सभाखोला थुनिएपछि संखुवासभाको सभापोखरी गाउँपालिकाको बाह्रबिसे गाउँका बासीन्दा थुनिएका छन । अविरल वर्षाका कारण संखुवासभाको सभापोखरी गाउँपालिका–४, फाक्सीबुङमा पहिरो झरेको बताइएको छ । 

आज दिउँसो पहिरो खसेपछि सभाखोला थुनिएर ताल बन्न थालेको खबर प्राप्त भएको छ ।  बाह्रबिसे बजारभन्दा ३ किलोमिटर उत्तरमा रहेको फाक्सीबुङको पाखो नै बगेर सभाखोला थुनिएको हो । अहिले तीन सय मिटरभन्दा ठूलो ताल जमेको स्थानियले बताएका छन । 

सभाखोला गाउँपालिकाको वडा नम्बर ४ र ६ नम्बर वडाको बीचमा रहेको सभाखोलामा फाक्सीबुङको पाखो नै बगेर सभाखोला थुनिएको बताइएको छ ।  पहिरोले फाक्सीबुङमा रहेको गोठहरु समेत बगाएको छ । त्यहाँ मानवीय बस्ती नभएकाले अहिलेसम्म मानवीय क्षति भने नभएको बताईएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय