नेकपाले दियो दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मा

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ताको जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ । सचिवालय बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गरी यही महिनाभित्र दल दर्ता गर्न महासचिव पौडेललाई जिम्मेवारी दिइएको जानकारी दिए ।

‘‘प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निम्ति पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्थाको आधारमा निर्वाचन आयोगले गरेको सूचनालाई दृष्टिगत गरी दल दर्ताको प्रक्रिया थालिएको हो’, प्रवक्ता श्रेष्ठले भने । त्यसबाहेक संगठनात्मक एकीकरण लगायतका विषयमा भने फेरि अर्को बैठकबाट निर्णय लिइने उनले बताए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय