पछाडि रहेको सिटमा लगेर चालक र सहचालकले बलजफ्ती हात समाई...

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडाैं । यात्रु बसमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गर्ने बसका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका वडा नम्वर ३ घर भई ना ६ ख ९३४४ नम्बरको बस चालक वर्ष ३७ को किरण खड्का र सोही बसका सहचालक जिल्ला मोरङ उर्लावारी नगरपालिका वडा नम्वर ४ घर भएका वर्ष १९ को सन्तोष न्यौपाने छन् । दुबैले  जिल्ला धनकुटा घर भई हाल आफन्तको घरमा बस्दै आएकी वर्ष १५ की किशोरीलाई बसभित्रै यही भदौ २२ गते रातको समयमा जबरजस्ती करणी गरेका थिए । 

प्रहरीका अनुसार मोरङको बेलबारी नगरपालिकामा अवस्थित बेतना सिमसार क्षेत्र घुमफिर गरी दमकतर्फ जान बसमा चढेर दमक पुगेपछि बसबाट झर्न खोज्दा झर्न नदिई ललाई फकाई सोही बसमा पथरीशनिश्चरे हुँदै ती किशोरीलाई रंगेली लगेका थिए । 

वडा नम्वर ९ स्थित दोहमना हाटचौकमा ल्याई साँझ साढे ६ बजेतिर बसभित्र बस चालक किरण खड्काले निज बालिकालाई हात समाई बसको सबभन्दा पछाडि रहेको सिटमा जबरजस्ती करणी गर्न खोज्दा किशोरी चिच्याउँदै बसबाट बाहिर निस्कदै गर्दा ढोकामा रहेका सहचालक न्यौपानेले बलजफ्ती हात समाई बसभित्र तानेर लग्न हल्लखल्ला गरेपछि स्थानीयले थाहा पाई पहरीलाई खबर गरेका थिए । मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले तत्काल इप्रका दोहमनाबाट खटिएको प्रहरी अधिकृत समेतको टोलीले प्रतिवादीहरूलाई पक्राउ गरेको बताए ।

दुबैविरुद्ध पीडित पक्षबाट उजुरी लिई निज प्रतिवादीहरु उपर ईप्रका रंगेलीद्वारा मुलुकी अपराध संहिता २०७६ वमोजिम म्याद थप गरी थप अनुसन्धान भई रहेको डिसपी श्रेष्ठले जानकारी दिएका छन् ।

यता, भदौ २१ गते बिहान पौने ८ बजेतिर मोरङको रतुवामाई नगरपालिका वडा नम्बर कपरसुख्खा टोलस्थित बस्ने हरि बहादुर खड्काको गोठ अचेत भेटिएकी महिलाको मृत्यु भएपछि प्रहरीले वारदातमा संलग्नलाई पक्राउ गर्न सफल भएको छ । 

प्रहरीका अनुसार निज महिलाको अनुहारको ओठ, गाला, आँखा र टाउकोको पछाडिको भाग सुन्निएको, घाँटीको पछाडिपट्टिको भाग र टाउकोको पछाडिको भागमा समेत चोटपटक लागेको थियो । सुरुवालमा धुलो, माटो लागी घाइते अवस्थामा रहेको हुँदा तत्काल उद्धार गरी रंगेलीबाट विराटनगरको कोशी अंचल अस्पतालमा पठाइएकोमा उपचारको क्रममा भदौ २२ गते राति निधन भएको थियो ।

मृतक लाश हालसम्म पहिचान हुन नसकी सनाखत समेत नभएको र पोष्टमार्टम समेतको कार्य सम्पन्न भई अस्पतालमै रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सुक्ष्म रूपले अनुसन्धान तहकिकात गर्दै जाँदा जिल्ला झापा गौरादह न.पा.वडा नं.६ दामुना बजार बस्ने वर्ष ४५ को पुण्य चुँडालसँग ती महिला एक महिनादेखि बस्दै आएकी थिइन । 

स्थानिय मानिसहरूले गरिदिएको घटना विवरण कागज लगायतबाट खुल्न आएको आधार प्रमाणहरूको आधारमा वारदातमा संलग्न रही फरार भएका निज पुण्य चुँडाललाई खोजतलासको क्रममा जिल्ला मोरङको रतुवामाई नगरपालिका - १० स्थित सोमवारेमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

मादक पदार्थ सेवन गरेको अवस्थामा कुटपिट गरेको तथा निज मर्छिन, जस्तो लागेर गोठ घरमा लगी छाडेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको निजलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भई रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय