डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु हुँदै

ehulaki
ई-हुलाकी | भदौ २६, २०७६ बिहिबार | 0

काठमाडौं । करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीच दोस्रो दिनको छलफल बुधबार सकिएको छ । मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्रजायामा भएको संयुक्त कार्यदल९जेडब्लुजी०को बैठकमा नेपाली कामदार पठाउन सुरु गर्नेबारे छलफल भएको हो ।

यस क्रममा दुवै मुलुकका प्रतिनिधिले आ–आफ्ना धारणा राखेका थिए । ‘वार्तामा दुवै मुलुकका प्रतिनिधिले आफ्ना धारणा राखेका छौं । केही विषयमा सहमति नजिक पुगेका छौं ।’, बैठकमा नेपाली टोलीको नेतृत्व गरेका श्रममन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भन्नुभयो,‘ शुक्रबार निष्कर्षमा पुग्ने अपेक्षा गरेका छौं ।’ नागरिक दैनिक

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय