प्रहरी हवल्दारलाई हानेर गाडी भाग्यो

ehulaki
ई-हुलाकी | भदौ २६, २०७६ बिहिबार | 0

काठमाडाैं । कपिलवस्तुकाे कृष्णनगरस्थित गुर्चिहवामा सडक दुर्घटनामा प्रहरी हवल्दार घाइते भएका छन। बुधबार विपरित दिशाबाट आएको गाडिले ठक्कर दिँदा ईलाका प्रहरी कार्यालय बहादुरगँजमा कार्यरत प्रहरी हवल्दार दोमबहादुर घर्ती घाइते भएका हुन् ।

घाइते घर्तीकाे उपचारका लागि शिवराज अस्पताल बहादुरगँज लगिए पनि थप उपचारका लागि बुटवल लगिएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरीक्षक अभय रावतले जानकारी दिए । ठक्कर दिने गाडिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरीक्षक रावतले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय