नयाँ हाँस्य टेलिश्रृंखला 'सक्किगोनी' बिहिबारबाट प्रशारण हुने

ehulaki
ई-हुलाकी | भदौ २६, २०७६ बिहिबार | 0

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला 'भद्रगोल'बाट छुट्टीएका कलाकारको नयाँ हाँस्य श्रृंखला 'सक्किगोनी' बिहिबारदेखि प्रशारणमा आउँने भएको छ । 

नेपाल टेलिभिजन र युट्युवमा प्रसारणबाट बिहिबार ८ः५० को समयमा उक्त कार्यक्रम प्रशारण हुने उक्त टिमले जनाएको छ । 

यस अघि 'भद्रगोल'का दुई निर्देशक कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे लगायतको टोलीले पारिश्रमिक र कपीराइट विवाद चुलिएपछि मिडिया हबले निर्माण गर्दै आएको भद्रगोल छोडेका थिए।

टेलिश्रृंखलामा कुमार कट्टेल 'जिग्री, अर्जुन घिमिरे 'पाँडे', सागर लम्साल 'बले', गोविन्द कोइराला 'जइन्ते', हरि निरौला 'कक्रोज', रक्षा श्रेष्ठ, दिपक आचार्यलगायतका कलाकारको अभिनय रहनेछ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय