अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा पाकिस्तान टिटिपि प्रमुख नुर वाली मेहसुद

ehulaki
एजेन्सी | भदौ २६, २०७६ बिहिबार | 0

काठमाडाैं । अमेरिकाले तारेख ए तालिबान पाकिस्तान (टिटिपि) का प्रमुख नुर वाली मेहसुदलाई अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा राखेको छ। सेप्टमेबर ११ मा अमेरिकामा भएको आक्रमणको १८ वर्ष पुगेको दिन अमेरिकाले मेहसुदलाई अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा समावेश गरेको हो।

मुल्लाह फजलुलाहको मृत्युपछि मेहसुदले जुन २०१८ टिटिपिको नेतृत्व सम्हालेका थिए। अमेरिकाले मेहसुदको नेतृत्वमा टिटिपिले धेरै आतंककारी घटना घटाएको उल्लेख गरेको छ। सन् २००७ मा स्थापना भएको टिटिपिलाई पाकिस्तानमा सक्रिय रहेको इस्लामिक लडाकू संगठनहरु मध्ये खतरनाक संस्था मानिन्छ। गएको १२ वर्षमा मात्रै टिटिपिले पाकिस्तानमा एक हजार चार सय आतंककारी घटना घटाएको बताइएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय