भोलि उपत्यकामा सार्वजनिक विदा

ehulaki
ई-हुलाकी | भदौ २६, २०७६ बिहिबार | 0

काठमाडौं । सरकारले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । इन्द्रजात्राको अवसरमा सार्वजनिक विदा दिइएको हो ।

गृहमन्त्रालयले क्यालेण्डरमै सार्वजनिक विदा तोकेको छ । भोलि सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्द रहनेछन् ।

नेवारहरुको राष्ट्रिय मौलिक पर्व का रुपमा रहेको (इन्द्रजात्रा) लाई यस वर्ष अन्तर्राष्ट्रिय महत्व दिने गरी मनाउन सरकारले समेत योजना बनाएको छ।

 वार्षिक विदा नै दिएर मनाउन थालिएको यस पर्वलाई यसपटक इन्द्रजात्राको अवलोकन गर्न विश्वका विभिन्न मुलुकका ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयर सहित ४८ जना आउन लागेका छन् ।

उनीहरु काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्राको अवलोकन गर्न आउन लागेका हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय