नेकपा कार्यकर्ताद्धारा काँग्रेसको टोलीमाथि आक्रमण, दर्जनौं घाइते

ehulaki
ई-हुलाकी | भदौ २६, २०७६ बिहिबार | 0

बांके । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बाँके सभापति किरण कोइरालामाथि आक्रमण भएको छ । काँग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम अनुसार बिहीबार बाँकेको खजुरामा आयोजित कार्यक्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताले उपद्रो गरेका हुन । 

ठूलो संख्यामा कार्यक्रमस्थलमा आएका नेकपा कार्यकर्ताहरुले कार्यक्रम विथोलेको बताइएको छ । घटनाको नेपाली काँग्रेसका प्रवक्त विश्व प्रकाश शर्माले विराध गरेका छन् ।

कार्यक्रम विथोल्न खोजेपछि त्यहाँ झडपसमेत भएको छ । काँग्रेसका अनुसार जिल्ला सभापति किरण कोइरालाको हात भाँचिएको छ । अन्य दर्जनौ कार्यकर्ताहरु घाइते भएका छन् ।

काँग्रेस सभापति किरण कांग्रेस बाँकेका तत्कालिन सभापति स्वर्गीय डा अरुण कोइरालाकी पत्नी हुन् भने दिवंगत सभापति सुशील कोइरालाकी भाइबुहारी हुन् ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 ३७ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय