संघीय सांसदहरुको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथि : गृहमन्त्री थापा

ehulaki
ई-हुलाकी | चैत ५, २०७५ मंगलबार | 0

काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले संघीय सांसदहरुको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथिनै रहने स्पष्ट पारेका छन् ।

गृहमन्त्री थापाले मन्त्रीपरिषद बैठकमा प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ मर्यादाक्रम निर्धारण गर्ने विषयमा छलफल जारी रहेको उल्लेख गर्दै संघीय संसदका सांसदहरुको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथि नै रहने व्यवस्था गर्ने बताएका छन् । 


मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले पूर्व मन्त्रीहरुको मर्यादाक्रम सांसदहरुको भन्दा माथि राखिएको भन्ने समाचार आएको उल्लेख गर्दैै गृहमन्त्री थापालाई सो सम्बन्धमा स्पष्ट पार्न आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय