उद्यमशीलताका लागि त्रिपक्षीय हस्ताक्षर, अरबभन्दा बढी ऋण यसरी प्रवाह हुँदै

ehulaki
ई-हुलाकी | बैशाख २४, २०७६ मंगलबार | 0

काठमाडौं । राष्ट्रिय युवा परिषद, एनएमबि बैंक लिमिटेड र रिटर्नी माइग्रेट नेपाल बीच बैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तिलाई लक्षित गरी सहुलियतपूर्ण कर्जा प्रवाह गर्न संयुक्त रुपमा हस्ताक्षर भएको छ ।  

बिदेशबाट फर्केका युवाहरुलाई प्रति व्यक्ति १० लाखसम्म कम्तिमा हजारजना  युवालाई एनएमबी बै‌ंकले कर्जा दिनेछ । यसका लागि योजना प्रस्ताव गर्नुपर्नेछ । प्रस्ताबका आधारमा प्रत्येक वर्ष बढाउँदै लैजाने योजनाअनुसार हाललाई एक अरबसम्म ऋण प्रवाह गर्ने विज्ञप्तिमा उल्लेख छ । 

नेपालको मौलिक पहिचान, कृषि, खनिज, जलश्रोत र विज्ञान तथा प्रविधि क्षेत्रहरुका उद्यमशीलतालाई प्रवर्द्धन गर्न यसको मुख्य उद्देश्य रहेको छ । बैदेशिक रोजगारबाट फिर्ता भएकाहरुलाई लक्षित गरी ऋण प्रवाह गर्ने विज्ञप्तिमा भनिएको छ । 

युवा उद्यममशीलता प्रवर्द्धन गर्ने उद्देश्यले त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो। रिटर्नी माइग्रेन्ट नेपालका तर्फबाट अध्यक्ष उत्तम अधिकारी, एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र राष्ट्रिय युवा परिषदका तर्फबाट माधब ढुंगेलले संयुक्त रुपमा प्रेस बिज्ञप्तीमा हस्ताक्षर गरेका हुन् ।

  
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय