सुरक्षाकर्मी भन्छन् , 'सरकार ! रासन होइन तलब बढाऊ'

ehulaki
ङाचा राई | जेठ ३, २०७६ शुक्रबार | 0

हाम्रा कुरा सुन्ने कोही छैनन् । हामी भुइँमान्छे । नेपाली सेनाका एक जवानले दुखेसो पोखे, "रासन खाएको हिसाब हस्ताक्षर गरेर दिनुपर्ने, रासनको पैसा बैंक खातामा, चेक चाहिँ हाकिमको हातमा ।" आफ्नै रासनभत्तामा घोटला हँदै आएको तुलुतुलु हेर्न बाध्येभएपछि ती सुरक्षाकर्मीले यसो भनेका हुन् । त्यसकारण उनीहरुले रासन होइन तलब बढ्नुपर्‍यो भन्दै आएका छन् ।

आगामी जेठ १४ गते आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत हुँदैछ । गृहमन्त्रालका सहसचिवको नेतृत्वमा बसेको रासन पुनरावलोकन समितिले तीन वटै सुरक्षा निकायका कर्मचारीको रासनभत्ता २० प्रतिशत बढाउने प्रस्ताव गरेको छ । उनीहरुको रासनभत्ता २० प्रतिशत बढ्ने पक्का भएको छ । तर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तल्ला तहका धेरैजसो सुरक्षाकर्मीहरु यसमा खुसी छैनन् । उनीहरु रासनभत्ताभन्दा तलब बढेको मनपराउँछन् । तर, उनीहरुको कुरा सुन्ने कोही छैनन् । 

"रासन केका लागि बढाउने हो । होइन यो सर्वहारा वर्गको सरकारले त खालि पहुचमा भएकालाई धनी बनाउने काम मात्र गर्छ ।" तेजु तेलेन्जा र नबराज बराम फेसबुक नाम गरेका दुई सुरक्षाकर्मीले लेखेका छन्, "केटाहरु फारम भर्नै आउन छाडिसके । रासनको सट्टा आकर्षक तलब भत्ता पो बढाउने कि ?"

आर्थिक वर्ष २०७४/०७५ सालमा मात्र करिब १४ सय जनाले राजिनामा दिएकाको कुरा प्रहरी प्रधान कार्यालयले बताएको छ । तीमध्ये ९ सय ८७ हबल्दार, १ सय ७५ जवान र १ सय ६३ असई रहेका छन् । अघिल्लो वर्ष मात्रै ११ सय जनाले राजिनामा दिएका थिए ।

स्रोत : नेपालपोलिस डटजिओभी डटएन्पी 

सुरक्षा निकायमा आकर्षक तलब छैन । त्यसमा पनि तल्ला तहका सुरक्षाकर्मीहरु पीडित छन् । नेपाली राष्ट्रिय सुरक्षाका लागि उनीहरुले कसम खाएका हुन्छन् । तर, तीनै सुरक्षाकर्मीहरु राजिनामा दिएर रोजगार खोज्दै विदेश जान्छन् । हुन पनि यहाँभन्दा विदेशमा  ‘सेक्युरेटी गार्ड’को तलब राम्रो छ । त्यसकारण रासनभन्दा पनि तलब सुविधा बढाउनु राम्रो हुने धेरैको सुझाब दिएका छन् । यसले तल्ला तहका सुरक्षाकर्मीहरुलाई पेसाप्रति सम्मान बढ्छ । रासनभत्तामा घोटाला हुने भएपछि उनीहरु तलबको आशा गरेका हुन् ।   

लगभग ७३ हजार जनशक्ति प्रहरी संगठनमा छन् । यसमध्ये तल्लो तहका कर्मचारीहरू ६० हजार वरिपरि छन् । उनीहरुलाई यो आउँदै गरेको बजेटले सम्बोधन गर्न अति आवश्यक छ । 

आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा 'सुरक्षा निकायहरूलाई उच्च मनोबलका साथ परिचालन गरिएको छ' लेखिएको छ । सरकारलाई संघीय व्यवस्थापिका संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । साँच्चै सुरक्षा निकायहरुलाई उच्च मनोबल बढाउने हो भने तत्कालै तलब बढाउनुपर्ने हुन्छ । 

दु:खी सुरक्षाकर्मी

सरकार हामीलाई यही रासन पनि बढी भएको छ । रासन वृद्धिको आशा गरेका छैनौं । आफ्नै रासनभत्ता बढेकोमा दु:खी  हुँदै एक प्रहरी जवानले यसरी गुणासो सुनाए । बास्तबमा उनीहरुले रासनको कुरा उठाएकै छैन । तलबको कुरा गर्दै आएका छन् । तैपनि संवन्धित निकायहरुले कुरा सुन्दैनन् । सरकार  रासनभत्ता नै बढाउने योजनामा छ ।  

सामान्यतया यसरी रासनभत्ता बढ्दा खुसी हुनुपर्ने हो । तर उनीहरुको लागि रासनभत्ता शासनभत्ता हुनेरहेछ । त्यसकारण उनीहरु खुसी छैनन् । उनीहरुले रासनभत्ता जति बढे पनि यो हाकिमका लागि हुने बताएका छन् । 

वि.सं. २०७२ सालमा सरकारले सुरक्षा निकायको रासनभत्ता ५ हजार २ सय ५० निर्धारण गरेको थियो । सुरक्षा निकायमा कार्यरत कर्मचारीको चार वर्षपछि यो पहिलोपटक रासनभत्ता बढ्न लागेको हो । 

यो प्रस्ताबले तलब बढ्ला भनेर आशामा रहेका कतिपय सुरक्षाकर्मीहरुलाई अहिले दु:खी बनाएको छ । नेपाली सेनाका एक जवानले फेसबुक कमेन्ट लेखेका छन्, "सेनाको रासनभत्ता बढेर मात्र के गर्नु । यो सब मिलाएर ठेकेदार अनि हाकिमले खाने हो ।"

रासन ठेक्कापत्तामा पनि घोटाला भएको थुप्रै उदाहरणहरु छन् । यसमा  कतिपय सुरक्षा निकायका हाकिम र ठेकेदाहरुको मिलेमतो हुनेगर्छ । टेन्डरमा पनि खेल हुँदै आएको छ ।  यसबाट सुरक्षाकर्मीहरु आजित छन् । 

"तलबमा बृद्धि गर । नत्र त्यो रासनभत्ता चाहिँ हाकिमको लागि मात्र हो ।" फेसबुक नाम शेर दिप्सन भएकाले सुझाबमा लेखेका छन् । 

नाम नभन्ने सर्तमा एक जवानले भने, "रासन बढ्ने भएछ । अधिकृतहरुको भोज सुरु हुन थाल्यो होला ? किरा परेको चामल जवानलाई । हाकिमको चामल ५ केजीको सुनौंलो पोकामा । हामीले खाने भात अरे । उनीहरुले खाने भुजा अरे । जवानलाई भान्सा । उनीहरुको चाहिँ मेस भन्नुपर्ने, हैट ।"

सुरक्षा क्षेत्रमा तल्ला तह र माथिल्ला तहका लागि गरिएको विभेदप्रति आजित भएर प्रतीक क्षेत्री (फेसबुक नाम) लेख्छन्, "भन्नु भात्र गुणस्तरीय रासन । यहाँ त ठेकेदारले कतिसम्म हर्कत देखाउँछन् । भोग्नेलाई मात्र थाहा हुन्छ ।" 

रासनभत्ता बढ्दा सुरक्षाकर्मी किन दु:खी ?(यो पनि पढ्नु)

सुरक्षा निकायका केही हाकिमहरुलाई रासनभत्ताले दोहोरो फाइदा हुने गर्छ । रासन ठेकेदारका पनि हात चाट्न पाउँछन् । यता मेसमा राम्रा चामल लुकाएर कमसल चामल पकाउँदा पनि मालामाल हुँदा रहेछन् । 

प्रेम माली क्षेत्रीले रासन बढे पनि नबढे पनि सिपाहीले खाने चामल उही हो, भत्ता बढ्यो भनेर सरकारले केको फुर्ती लगाउनू  । तीनै तहका सुरक्षा निकायका धेरै जसो जवानहरु रासनको पैसा बढाउनुभन्दा तलब भत्ता बढाएको भए धेरै राहत हुने बताएका छन् । 

कतिपय ठेकेदारहरुले कमसल खालका चामलहरु  ब्यारेकमा ढुवानी गर्नेछन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीमा रासन बापतको रकम बैंक मार्फत भुक्तानी हुँदै आएको छ । तर त्यसरी भुक्तानी भएको पैसा पनि मेसमा बुझाउनुपर्नेहुन्छ ।  रासनभत्ता जति बढाए पनि सबै पैसा खाताबाट निकालेर मेसमा बुझाउनुपर्छ । काम छैन रासन बढाएर । सबै पैसा झिकेर हाकिमलाई बुझाउनुपर्छ । पैसाजति हाकिमलाई । 

रासनको 'आइटम' घटाएर तलब वृद्धि गरे तल्लो दर्जालाई राहत मिल्छ । सरकारले निर्धारण गरेको रासन 'स्केल'अनुसार नेपाल प्रहरीलाई १४, सशस्त्र प्रहरीलाई १८ र नेपाली सेनालाई १९ थरीका रासन स्केल प्रदान गर्दै आएको छ । 


 

ङाचा राई

डेक्स इडिटर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय