सम्राट सिमेण्टको निर्माणाधीन प्लान्ट भत्कियो, ३ मजदूरको मृत्यु

ehulaki
ई-हुलाकी संवाददाता | जेठ ३२, २०७६ शनिबार | 0

दाङ । सम्राट सिमेन्ट उद्योगको निर्माणाधीन नयाँ प्लान्ट भत्किएको छ । प्लान्ट भत्किएपछि ३ जना मजदुरको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तलामाथिको सटरिङ भत्किदा भारतीय मजदूरको मृत्यु भएको हो । घटनामा परी ३ मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए । 

मृत्यु हुनेमा भारत झारखण्डका ४५ वर्षीय मंगल कस्यव, २२ बर्षीय दयाल हरेन र ४६ वर्षीय साहेव रहेका छन् । घटनामा परी अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडो घाइते भएका छन् । जसमध्य अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको छ । घाइतेहरुको फलोरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियो । 

उक्त घटना राति २ बजे भएको बुझिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय